लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मणिग्रामको बैंक चोर्न आएका गिरोहले सहकारीको नगद चोरे,सबुत लुकाउन सिसिटिभिको मेमोरी गायव

IMG
तिलोत्तमा सिटी,असोज १८ गते ।रुपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्राममा रहेको सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको लकर तोडिएको र संगै रहेको कामना बहु-उदेश्य सहकारी संस्था लिमिटेडबाट करिव ४ लाख गएराती चोरी भएको छ । बैंकको लकर राखेको भित्ता सहित तोडेको तर पैसा निकाल्ने गरि तोड्न नसकेको भएपनि सहकारी कार्यालयको करिव ४ लाख रुपैया चोरी गरि फरार भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रबक्ता डिएसपी मनोहर भट्टले जनाउनुभएको छ।

सुरक्षा गार्ड नभएको मौका पारी चोरी गर्न गएको गिरोहले बैंक तथा सहकारीमा सुरक्षाका लागि जडान गरिएको सिसि टिभी क्यामेराको मेमोरी डिभाइस समेत गायव पारेको प्रहरीले जनाएको छ । चोरी गर्न आउनेले सबुत लुकाउनका लागि मेमोरी डिभाइस पनि लगेको हुन सक्ने प्रहरीको अनुमान छ ।खबर पाउनासाथ् पुगेको प्रहरीले चोरलाई भेट्न नसकेपनि अनुसन्धान जारि रहेको प्रहरीको भनाई छ। 


कमेन्ट गर्नुहोस्