लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाको बेबराचोक–कान्छीबजार सडक निर्माणको ठेक्का खोल्न सहमति

IMG

तिलोत्तमा सिटी,असोज १८ गते । तिलोत्तमा नगरपालिकाको मंगलापुर–सेमराबजार–कान्छीबजार सडकखण्ड अन्तर्गत बेबराचोकदेखि कान्छीबजारसम्म सडक निर्माणको लागि दोस्रो प्याकेजको ठेक्का सुचना प्रकाशन गर्न शहरी शासकीय तथा पूर्वाधार आयोजनाले सहमति दिएको छ ।मन्त्रालयले नगरपालिकालाई एक पत्र लेख्दै २०८२ असार मसान्तभित्रमा सडक निर्माण सम्पन्न गर्ने गरी दोस्रो प्याकेजको ठेक्का सूचना प्रकाशन गरी कार्यअघि बढाउन अनुरोध गरेको हो । विश्व बैंकको सहयोगमा शहरी विकास मन्त्रालयको शहरी शासकीय तथा पूर्वाधार आयोजना (एनयुजीआईपी) मार्फत् यो सडक निर्माण हुने छ।


विश्व बैंकको सहयोगमा सहरी विकास मन्त्रालयको सहरी शासकीय तथा पूर्वाधार आयोजना (एनयुजीआईपी) मार्फत् यो सडक निर्माण हुने भएको हो । बिश्व बैंकको सहयोगमा निर्माण भैइरहेको मंगलापुर कान्छीबजार सडक अन्तर्गत पहिलो चरणको मंगलापुर देखि बेबरा सम्मको सडक निर्माणकार्य भैरहेको र वेबरा देखि कान्छीबजार सम्मको अधुरो सडक समेत दोश्रो चरणमा निर्माण गर्न विश्व बैंक बाट अनुमति प्राप्त भइसकेको हुँदा ठेक्का सम्बन्धी कागजातहरू तयार भैरहेको र छिटै ठेक्का सूचना प्रकाशित हुने साथै बाँकी रहेको रोहिणी सम्मको सडक निर्माणको लागि समेत पहल भइरहेको नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताउनुभयो। 



कमेन्ट गर्नुहोस्