
तिलोत्तमा सिटी,असोज १८ गते । तिलोत्तमा नगरपालिकाले ‘एक वडा एक किलोमिटर सडक कालोपत्र’ गर्ने योजना अघि सारेको छ । गाउँ-गाउँमा पनि सहजरूपमा यातायात सुविधा पु¥याउने तथा पिच सडकको पहुँच पुर्याउने उद्देश्यले नगरपालिकाले १७ वडाका ग्रामीण सडकमा कालोपत्र गर्ने कामका लागि बोलपत्र आब्हान गरेको छ। गत नगर परिषद्ले निर्णय गरी चालु आर्थिक वर्ष २०८०/८१ बाट सञ्चालन गर्ने गरी नगरस्तरको सडक योजना कार्यक्रम अन्तर्गत काम अगाडि बढाइएको नगरपालिकाकाका प्रमुख प्रशासकिय अधिकृत नारायण अर्यालले बताउनुभयो। यसका लागि करिब १७ करोड रूपैयाँ बजेटसमेत विनियोजन गरिएको उहाँको भनाई छ ।
सबै वडाका सबै सडक आगामी तीन/चार वर्षभित्र कलोपत्र हुँदै जाने नगर प्रमुख रामकृष्ण खाणले जानकारी दिनुभयो । नगरपालिकाले सबै वडामा उपभोक्ता समितिलाई समयमै योजना निर्माणका लागि अभिमुखीकरण समेत दिदै आएको नगरप्रमुख खाणको भनाई छ। एक वडा एक किलोमिटर सडक कालोपत्र योजनाअन्तर्गत बोलपत्र आब्हान संगै यहि आर्थिक बर्षमा सम्पन्न हुने गरि काम थालनी भइरहेको नगरपालिका का उपप्रमुख जगेश्वर देवि चौधरीले जानकारी दिनुभयो।
निर्माणमा गुणस्तरीयता कायम गर्न प्रयोगशाला परीक्षण गरिएका निर्माण सामग्री प्रयोग हुने नगरपालिकाका इञ्जीनियर प्रदिप बनले बताउनुभयो । नगरपालिकाले यहाँका ग्रामीण क्षेत्रका सबै वडामा कच्ची सडक निर्माणसँगै बाह्रै महिना सहजरूपमा यातायात सञ्चालनका लागि सडकमा कालोपत्र गर्ने कामलाई अगाडी सारेको उहाँको भनाई छ। गाउँमा सडक विस्तार तथा निर्माणलाई विकासको पहिलो खुट्किलो मानिने हुँदा सडकको विकास हुँदै गर्दा अन्य सेवासुविधा भित्रिने आशामा तिलोत्तमाका स्थानीयवासी समेत खुशी छन् ।
कमेन्ट गर्नुहोस्