लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा रेबिज विरुद्धको खोप अभियान सम्पन्न

IMG
तिलोत्तमा सिटी,असोज १७ गते । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले संचालन गरेको साप्ताहिक निःशुल्क रेबिज रोग विरुद्धको खोप घरदैलो सचेतना कार्यक्रम सम्पन्न भएको छ । विश्व रेविज दिवस २०२३ को अवसरमा "रेबिज नियन्त्रण : एक स्वास्थ्य एक गन्तव्य" भन्ने मूल नारा सहित असोज ५ गते शुक्रबारदेखि सुरु भएको अभियान असोज ११ गते बिहिबारबाट सम्पन्न भएको हो। एक हप्तासम्म चलेको अभियानमा नगरपालिकाको १७ वटै वडाको करिव ७ सय वटा छाडा तथा घरपालुवा कुकुर र बिरालोलाई रेबिज रोग विरुद्धको खोप लगाइएको नगरपालिकाका पशु सेवा शाखा प्रमुख राजु कुँवर मगरले बताए।

अभियानकै क्रममा रेबिज रोगमा आधारित रहेर वडा वडामा घरदैलो तथा रेबिज रोगबाट बच्नका लागि अपनाइने उपायका बारेमा सचेतना कार्यक्रम पनि संचालन गरिएको पशु शाखा डाक्टर उर्जा देवकोटाले बताईन। यस्तै अभियानकै क्रममा छुट भएका बाँकी पशुहरुको हकमा भने अन्य समयमा नगरपालिकाकै पशुसेवा शाखाबाट निःशुल्क खोप सेवा उपलब्ध हुने पनि चिकित्सक डा. देवकोटाले बताईन।नगरपालिकाले सामुदायिक कुकुर बन्ध्याकरण र रेबिज बिरुद्धको खोप कार्यक्रमलाई बजेट नीति तथा कार्यक्रममै राखेर जनहितमा जुटेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायाण अर्यालले बताए। उनले प्राणघातक रोग रेबिजबाट बच्न समुदायमा रहेका कुकुर बिरालो बाँदर लगायतका पशुहरुलाई निशुल्क खोप प्रदान गरि अघि बढेको समेत बताए।


 


कमेन्ट गर्नुहोस्