लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा वडा न. ६ र ९ का उपभोक्ता समितिलाई अभिमुखीकरण सम्पन्न

IMG

तिलोत्तमा,२००८० असोज १७ गते। तिलोत्तमा नगरपालिकाले वडा न. ६ र ९ का उपभोक्ता समितिलाई योजना तथा कार्यक्रम संचालन एबम व्यवस्थापन सम्बन्धी अभिमुखीकरण गरेको छ ।वडा नं. ९ को कार्यालय केवालानी र वडा नम्बर ६ को गितामंदिरमा आयोजित अभिभुखीकरण कार्यक्रममा बोल्दै नगर उपप्रमुख जगेश्वर देवी चौधरीले नगरपालिकाका बजेटमा छुट्याइएका बिकास निर्माण र योजनालाई समयमै सम्पन्न गर्न र सहि ढंगले पारदर्शी,दीर्घकालीन र कानुनसम्बत निर्माणका लागि यस किसीमको अभिमुखीकरण कार्यक्रम फलदायी हुने बताउनुभयो ।


सो अबसरमा तिलोत्तमा नगरपालिका प्रशासन योजना तथा अनुगमन शाखा अधिकृत माधव प्रसाद पोख्रेल, योजना प्रमुख प्रदिप बन, लेखा प्रमुख रमेश आचार्य, योजना अधिकृत सिता भण्डारी लगायतले बोल्दै स्थानीय स्तरमा नागरिकको चासो र निगरानी बिना बिकास निर्माणको औचित्य नहुने बताउनुभयो । अभिमुखीकरण कार्यक्रममा वडाध्यक्षहरु ध्रुव न्यौपाने, गणेश पाठक,योजना शाखाका पशुपति खनालद्वारा वडाभित्र रहेका बिभिन्न टोल समितिका पदाधिकारीहरु एबम सदस्यहरुलाइ नगरपालिकाका बिकास योजना निर्माण,उपभोक्ता समितिका काम कर्तब्य अधिकार तथा काम गर्ने तरिका र बिधिका कारणबारे सहजीकरण गरिएको थियो।सो कार्यक्रमममा योजना सम्पन्न गर्न के के  कुरामा ध्यान दिने भन्ने बारेमा उपभोक्ता हरुले जिज्ञासा समेत राखेका थिए। 


कमेन्ट गर्नुहोस्