
तिलोत्तमा सिटी, २०८० असोज १६ गते । बुटवलमा गयराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका–१ संखरनगर बस्ने २६ वर्षीय गोबिन्द ढकालको मृत्यु भएको प्रहरीले जनाएको छ । बुटवल उपमहानगरपालिका–११ कालिकानगरस्थित सडकमा लु ४९ प ४४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति विद्युतको पोलमा ठोक्किएर दुर्घटना भएको थियो । सो दुर्घटनामा परी गम्भीर घाइते भएका ढकालको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनाको चौराह हस्पिटलमा उपचार भइरहेको थियो ।
कमेन्ट गर्नुहोस्