लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

धार्मिक तनावका कारण नेपालगञ्जमा प्रशासनले लगायो अनिश्चितकालीन कर्फ्यु

tillotmacitynews - 2023 Oct 03 02:42 PM
IMG

तिलोत्तमा सिटी, २०८० असोज १६ गते । जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिकामा अनिश्चितकालीन कर्फ्यु लगाएको छ।प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले मंगलबार दिउँसो १ बजेदेखि लागु हुने गरी कर्फ्यु लगाइएको से‍तोपाटीलाई जानकारी दिए। केही दिनदेखि नेपालगञ्जमा धार्मिक तनाव देखिएको थियो। हिन्दु र मुस्लिम समुदायबीच देखिएको तनाव कम गर्न प्रशासनले सर्वपक्षीय बैठक गरेको थियो। मंगलबार बिहान नेपालगञ्जमा सद्भाव र्‍याली पनि निकालिएको थियो।



कमेन्ट गर्नुहोस्