लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीको बेलहिया नाकाबाट श्रोत नखुलेको १० लाख भारुसहित तीन जना पक्राउ

tillotmacitynews - 2023 Oct 02 11:34 AM
IMG

तिलोत्तमा सिटी, असोज १५ गते । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका १ डण्डाबाट सशस्त्र प्रहरीले १० लाख भारतीय रुपैयाँसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकाहरु भारतको महाराजगञ्ज जिल्ला सुनौली ग्रामपञ्चायत २० सुनौली बस्ने ३८ वर्षीय राजु कौशल, गोरखपुर जिल्ला हमायुपुर दक्षिण गोरखपुर बस्ने ४० वर्षीय अभिनव जैसवाल र ३४ वर्षीय आस्तिक त्रिपाठी रहेको सशस्त्र प्रहरी बल नेपालका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानाकारी दिए ।



विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डाले बेलहियाबाट भैरहवातर्फ आउँदै गरेको लु २ च ७३५० र प्रदेश ०१–०२६ च ३६५२ नम्बरको भ्यानमा सवार उनीहरुको साथमा फेला परेको भारतीय रुपैयाँको श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिएको हो ।नियन्त्रणमा लिएका राजु कौशलको साथमा ९ लाख रुपैयाँ तथा अभिनव जैसवाल र आस्तिक त्रिपाठीको साथमा १ लाख रुपैयाँ फेला परेको डीएसपी थापाले बताए ।


पक्राउ परेका तीनै जनालाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय भैरहवामा बुझाइएको छ ।बरामद रकम र दुईवटै भ्यान भने राजश्व अनुसन्धान कार्यालय बुटवलमा बुझाउने प्रक्रियामा रहेको छ ।


कमेन्ट गर्नुहोस्