लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गुल्मी दर्लिङमा चट्याङ्गले दुई जना घाईते

tillotmacitynews - 2023 Oct 01 10:22 AM
IMG

तिलोत्तमा सिटी, असोज १४ गते । गुल्मीको मालिका–२ दर्लिङ्ग दुनाम गाउँमा शनिबार साझ चट्याङ्ग लागेर एक बालकसहित महिला गम्भिर घाईते भएका छ्न । गम्भिर घाईते हुनेमा दुनामका गेने बिकका १७ वर्षीय छोरा आयुष वि.क. र स्थानीय धनिराम विककि श्रीमति ६२ वर्षीया इन्द्रि बिक रहेको स्थानीय रबिन्द्र विकले जानकारी दिए । घाईते दुबै परिवारको उपचार गर्न जाने आर्थिक अवस्था कमजोर भएकोले कतै लैजान नसकी घरमै राखिएको छ । आयुषको मुहार र टाउकोमा चोटहरु छ्न् । उनको अहिले बिहान हल्का होस खुलेको छ । इन्द्रि बिकको आधा शरिर नै चल्दैन ।चट्याङ लागेर सोही गाउँका धनबहादुर बिकको लैनो भैंसी मरेको छ । ती बिपन्न परिवारको विद्युतको मिटरबक्स पनि क्षतिग्रस्त भएको छ । अहिले बिहान पौदिअमराईबाट प्रहरी घटनास्थलमा आउँदै गरेको बिकले बताए ।

कमेन्ट गर्नुहोस्