लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बाख्राले कोदो खाएको निहुँमा ७० वर्षकी वृद्धाको हत्या, एक जना पक्राउ

tillotmacitynews - 2023 Oct 01 06:06 PM
IMG

तिलोत्तमा सिटी, असोज १४ गते । धादिङमा बाख्राले कोदो खाएको निहुँमा एक वृद्धाको हत्या भएको छ । नेत्रावती डबजोङ गाउँपालिका-४ की ७० वर्षकी सुकमाया गुरुङको हत्या आरोपमा प्रहरीले सोही ठाउँका ३५ वर्षका मंगल गुरुङलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार १२ असोजको अपरान्ह ४ बजे सुकमायाको शव भेटिएपछि प्रहरीले अनुसन्धन सुरु गरेको थियो । प्रारम्भिक अनुसन्धानबाट हत्या भएको खुलेपछि प्रहरीले मंगल गुरुङको खोजी सुरु गरेको थियो । उनी आफ्नो घरदेखि केही पर गोठमा लुकेर बसेको अवस्थामा पक्राउ परेका प्रहरीले जनाएको छ । प्रहरीले हत्यामा पक्राउ गरेको खुर्पा पनि बरामद गरेको छ ।


प्रहरीका अनुसार मृतक सुकमायाको गाईबाख्राले पटक पटक मंगलको अन्नबाली खाएको  र घटना भएको दिन पनि  सुकमायाको गाईबाख्राले मंगलको कोदो खाइदिएको थियो । सोही विषयमा विवाद हुँदा आफूले सुकमायालाई खुर्पा प्रहार गरेको मंगलले स्वीकार गरेको प्रहरीले बताएको छ ।

कमेन्ट गर्नुहोस्