लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मोटर मर्मत गर्दा करेन्ट लागेर सियारी गाउँपालिकामा एक जनाको मृत्यु

tillotmacitynews - 2023 Sep 29 04:50 PM
IMG

तिलोत्तमा सिटी, २०८० असोज १२ गते । घरमा मोटर मर्मत गर्ने क्रममा रुपन्देहीको सियारी गाउँपालिकाका राजेश यादवको करेन्ट लागेर मृत्यु भएको छ । सियारी-७ बनगाईका १८ वर्षीय यादवलाई बिहीबार राति आफ्नै घरमा रहेको मोटर मर्मत गर्ने क्रममा विद्युतीय तार सर्ट भई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचार गराइएको थियो । उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको रुपन्देही प्रहरी कार्यालयले जनाएको छ।

कमेन्ट गर्नुहोस्