लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

ट्राफिक प्रहरीलाई घुस दिन खोजेको आरोपमा एक जना नियन्त्रणमा

tillotmacitynews - 2023 Sep 29 03:34 PM
IMG

तिलोत्तमा सिटी, २०८० असोज १२ गते । रोल्पाको रोल्पा नगरपालिका–१ बामरुकस्थित लिवाङ सातदोबाटो सडक खण्डमा ट्राफिक प्रहरीसहितको संयुक्त चेकजाँच चलिरहेको थियो। बिहीबार बेलुकी ४ बज्दै थियो। लु १ प ४०९१ नम्बरको मोटरसाइकल आयो। ट्राफिकले चालकसँग सवारी चालक अनुमति पत्र माग्यो। मोटरसाइकलमा दुई जना सवार थिए। चालकले सवारी चालक अनुमति पत्र दिन सकेनन्। सुनिलस्मृति गाउँपालिका–३ मिझिङका २६ वर्षीय दीपक विष्टले सवारी चालक अनुमति पत्र नै प्राप्त नगरी मोटरसाइकल चलाइरहेको खुल्यो। 

ट्राफिक प्रहरीका सहायक हवल्दार घरम बस्नेतले मोटरसाइकल नियन्त्रणमा राखे। बस्नेतले जति आग्रह गर्दा पनि मोटरसाइकल छोड्न मानेनन्। 


त्यसपछि सँगै यात्रारत मिझिङकै ३२ वर्षीय टंकबहादुर घर्तीले पछाडिबाट सहायक हवल्दार बस्नेतको खल्तीमा चास सय ५० रुपैयाँ घुसस्वरूप राखिदिए। त्यो दृष्य उपस्थित अन्यले पनि नियालिरहेका थिए। घर्तीको हर्कतले झनै कुरा बिग्रियो। प्रहरीले घर्तीलाई नियन्त्रणमा लियो। ट्राफिकलाई घुसबापत रकम दिन खोजेको भन्दै उनीमाथि मुद्दा चलाउने प्रहरीले तयारी गरेको छ।कसुर अनुसार मुद्दा चलाइ घर्तीलाई कानुनीबमोजिम कारबाही हुने जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवीराम भण्डारीले जानकारी दिए।

कमेन्ट गर्नुहोस्