लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवलमा पृथ्वीनारायण शाहको सालिक निर्माण

tillotmacitynews - 2023 Sep 29 03:28 PM
IMG

तिलोत्तमा सिटी, २०८० असोज १२ गते । बुटवलमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिक निर्माण गरिएको छ। बुटवल उपमहानगरपालिका वडा नम्बर १० राजमार्ग चौराहदेखि दक्षिणतर्फ बुटवल बेलहिया व्यापारिक मार्ग किनारको हरियाली क्षेत्रमा राष्ट्र निर्माता शाहको पूर्ण कदको सालिक निर्माण गरिएको हो। स्थानीय रूपसिंह थापा, निलम अधिकारी लगायतको अगुवाइमा सालिक निर्माण गरिएको हो। केशरबहादुर विष्ट नेतृत्वको राप्रपाका नेता रहेका थापाको अगुवाइमा गत पुस २७ गते पृथ्वीजयन्तीको अवसरमा वडा नम्बर १० का अध्यक्ष बलु पुनले सालिकको शिलान्यास गरेका थिए।


करिब ५० लाख रुपैयाँको लागत अनुमान गरिएको सालिक निर्माणका लागि बुटवल उपमहानगरपालिकाले ५ लाख र वडा नम्बर १० ले ५० हजार रुपैयाँ बजेट उपलब्ध गराएको थापाले जानकारी दिए। बाँकी रकम स्थानीय पृथ्वीनारायण मार्गका बासिन्दा र सहयोग दाताहरूबाट संकलन गरिने बताए। सात फिट उचाइको उक्त सालिक ढलोटबाट निर्माण गरिएको छ। अहिले सालिक निर्माण भइरहेको र आगामी पृथ्वी जयन्तीको अवसरमा अनावरण गरिने थापाले बताए।

कमेन्ट गर्नुहोस्