लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पर्यटन बोर्डले नयाँ सवारीमा विद्युतीय मात्र किन्ने

tillotmacitynews - 2023 Sep 28 04:32 PM
IMG

तिलोत्तमा, २०८० असोज ११ गते। नेपाल पर्यटन बोर्डले सवारी साधन खरीद गर्नु परे विद्युतीय मात्र खरीद गर्ने घोषणा गरेको छ । चालु आर्थिक वर्ष कार्यान्वयनमा आएको दुई महिना पछि बजेट ल्याएको बोर्डले बजेटमार्फत यस्तो घोषणा गरेको हो । बोर्डको बजेटमा भनिएको छ, ‘दैनिक आवतजावतका लागि प्रयोग हुने गरी खरीद गरिने सवारी साधन खरीद गर्दा विद्युत सवारी साधन खरीद गरिनेछ ।’नेपाल सरकारले यस वर्ष सार्वजनिक खर्चलाई मितव्ययी बनाउन नयाँ सवारी साधन नकिन्ने नीति लिएको छ । बोर्डले भने सवारी साधन किन्नु परे विद्युतीय मात्र किन्ने घोषणा गरेको हो । बोर्डले चालु आर्थिक वर्ष २०८०/८१ का लागि २ अर्ब १ करोड रुपैयाँको बजेट ल्याएको हो ।

कमेन्ट गर्नुहोस्