
तिलोत्तमा, २०८० असोज १० गते । रुपन्देहीको तिलोत्तमा १ ड्राइभरटोलमा रहेको टाकुरा बचत तथा ॠण सहकारी संस्था गत शनिबारदेखि १२ बर्षमा प्रवेश गरेको छ । शंकरनगरका केहि क्रियाशील सामाजिक व्याक्तिहरुद्वारा २०६८ सालमा स्थापित टाकुरा सहकारीको स्थापना दिवसका अवसरमा शनिवार शुभकामना आदानप्रदान तथा दीप प्रज्ज्वलन गरिएको छ ।
संस्थाका अध्यक्ष राजेन्द्र कुवरको अध्यक्षता, बरिस्ठ सल्लाहकार तथा संस्थापक अध्यक्ष गिरिराज बन्जाडेको प्रमुख आतिथ्यता र सचीव पशुपति चौधरीको सञ्चालनमा सम्पन्न कार्यक्रममा सल्लाहकार रमेश ज्ञवाली, उपाध्यक्ष खेमराज खनाल, विभिन्न उपसमितिका संयोजक, कार्यसमिति सदस्य लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा अध्यक्ष कुवरले कार्यक्रमको बारेमा र सल्लाहकार ज्ञवालीले संस्था स्थापनाको सङ्घर्ष र प्रगति यात्राको बारेमा बोल्नु भएको थियो ।
कार्यक्रममा नेपालका सहकारीका जन्मदाता बखान सिंह गुरुङको तस्वीरमा माल्यार्पण गर्नुका साथै कार्यलयमा दीप प्रज्ज्वलन समेत गरिएको संस्थाका शिक्षा उपसमिति संयोजक पुजन भण्डारीले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस्