लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गाँजा ओसारपसारमा एम्बुलेन्सको प्रयोग, चालक पक्राउ

tillotmacitynews - 2023 Sep 27 03:04 PM
IMG

तिलोत्तमा सिटी, २०८० असोज १० गते । मोरङमा प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको एम्बुलेस र चालकलाई पक्राउ गरेको छ ।म‌ंगलबार राति विराटनगर महानगरपालिका– १८ लाभाघाटबाट गाँजा बोकेको को १ च ४६१९ नम्बरको एम्बुलेन्स र चालक धरान उपमहानगरपालिका– ११ का ३८ वर्षीय गंगा सरकारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ । उक्त एम्बुलेन्स नेपालकै अग्ला व्यक्ति राजन अधिकारीको नाममा धरानमा स्थापित फाउण्डेसनले सञ्चालन गर्दै आएको थियो ।मंगलबार राति साढे १० बजे इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा एम्बुलेन्सको डिकीमा राखिएको २१.५ किलो गाँजा बरामद गरेको थियो । प्रहरीले सोही स्थानबाट भारतीय नम्बर प्लेट बीआर  ३८ एएफ ०३३६ नम्बरको  मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ । दुबै सवारीसाधन र चालकलाई इलाका प्रहरी कार्यालय रानीमा राखेर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

कमेन्ट गर्नुहोस्