लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

विद्यालय शिक्षा विधेयकबारे कांग्रेसले आन्दोलित शिक्षकसँग छलफल गर्ने

tillotmacitynews - 2023 Sep 26 11:41 AM
IMG

तिलोत्तमा सिटी, २०८० असोज ९ गते । नेपाली कांग्रेस संसदीय दलले संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकबारे आन्दोलनरत शिक्षकसँग छलफल गर्ने भएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकको नेतृत्वमा कांग्रेसले शिक्षक प्रतिनिधिहरूसँग छलफल गर्न लागेको हो ।छलफल दिउँसो १ बजे संघीय संसद भवनको ल्होत्से हलमा आज र भोलि (बुधबार)का लागि तय भएको छ ।


छलफलका लागि नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधर, नेपाल शिक्षक संघका अध्यक्ष सोमनाथ गिरी, राहत शिक्षक समितिका अध्यक्ष खेमराज अधिकारी, बाल विकास शिक्षक समितिकी अध्यक्ष कृष्णकुमारी मगर, नगरपालिका महासंघका अध्यक्ष भीम ढुंगानालगायत विभिन्न संघसंगठनका प्रतिनिधिलाई बोलाइएको छ । आन्दोलित शिक्षक र सरकारबीच ६ बुँदे सहमति भइसके पनि राहतलगायत शिक्षकहरूले भने असन्तुष्टि जनाउँदै आन्दोलन जारी राखेका छन् ।

कमेन्ट गर्नुहोस्