लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गुल्मीमा पहिरोमा पुरिएर एक जना मजदुरको मृत्यु

tillotmacitynews - 2023 Sep 25 05:04 PM
IMG

तिलोत्तमा सिटी, असोज ८ गते । गुल्मीमा पहिरोमा पुरिएर एक जना मजदुरको मृत्यु भएको छ । अरु २ जना घाइते भएका छन् ।रेसुङ्गा नगरपालिका–३ भाडगाँउमा शेरबहादुर बेल्वासेको निर्माणधीन घर माथिबाट पहिरो खस्दा मजदुरको मृत्यु भएको हो ।मृत्यु हुनेमा प्युठान जिल्ला गौमुखी गाउँपालिका वडानम्वर ३ निवासी १७ वर्षका डोरबहादुर घर्ती रहेका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक एसपी नवीनकिशोर प्रधानले जानकारी दिए ।पहिरोमा परेर रेसुङ्गा नगरपालिका वडानम्वर–३ निवासी घरधनी ७९ वर्षका शेरबहादुर बेल्बासे र प्युठान जिल्ला गौमुखी गाउँपालिका वडा नम्वर ३ निवासी २४ वर्षका टेकबहादुर घर्ती घाइते भएका प्रहरीले जनाएको छ । उनीहरु गुल्मी अस्पतालमा सामान्य उपचार पछि घर फर्केको प्रहरी जनाएको छ ।

कमेन्ट गर्नुहोस्