लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

विज्ञापनमा विदेशी कलाकारको तस्वीर प्रयोग नगर्न निर्देशन

tillotmacitynews - 2023 Sep 25 01:34 PM
IMG

तिलोत्तमा सिटी, असोज ८ गते । सरकारले होडिङ बोर्ड वा अन्य प्रचार सामग्रीमा विदेशी कलाकारको फोटो प्रयोग नगर्न निर्देशन दिएको छ ।होडिङ बोर्ड, सवारी साधन वा अन्य कुनै माध्यममा विज्ञापन गर्दा स्वदेशी कलाकार वा व्यक्तिको फोटोमात्रै प्रयोग गर्न विज्ञापन बोर्डले सूचना जारी गरेको छ ।विज्ञापन नियमावली (पहिलो संशोधन) २०८० को नियम ९ (क) को उपनियम (३) अनुसार विदेशी कलाकार वा व्यक्तिको फोटो प्रयोग गर्न नपाइने व्यवस्था रहेको छ । विज्ञापनदाता, विज्ञापन एजेन्सी र सञ्चार माध्यमलाई सम्बोधन गर्दै बोर्डले त्यस्ता फोटोहरू प्रयोग भएको भए हटाएर नियमानुसार राख्न भनेको छ ।

कमेन्ट गर्नुहोस्