लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कपिलवस्तुको बुद्धभूमिमा पोखरीमा डुबेर एक बालकको मृत्यु

tillotmacitynews - 2023 Sep 24 03:40 PM
IMG

तिलोत्तमा सिटी, असोज ७ गते । कपिलवस्तुको बुद्ध भूमि नगरपालिकामा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नगरपालिकाको वडा नम्बर २ बकडरीया बस्ने तीन वर्षीय हारजित थारु रहेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक नरेश बहादुर शाहीले बताउनु भयो । मृतक बालक श्री आधारभूत विद्यालय बकडरीयामा बाल विकासमा अध्ययन गर्ने विद्यालयका शिक्षक राजेश थारुले बताउनु भयो । मृतक बालकको शव शनिवार साँझ ६ बजे फेला परेको बताइएको छ । पोखरी नजिकै बालबालिका सँगै खेल्ने गर्दा उनी हराएका थिए ।

कमेन्ट गर्नुहोस्