लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गुल्मीमा प्रहरीद्वारा गाँजा फडानी

tillotmacitynews - 2023 Sep 22 11:21 AM
IMG

तिलोत्तमा, २०८० असोज ५ गते । जिल्ला प्रहरी कार्यालय गुल्मीले रेसुङ्गा नगरपालिकाको दुई स्थानमा गाँजा फडानी गरेको छ । रेसुङ्गा नगरपालिका–१ को क्याम्पसरोड र वडा–९ को चौदिलामा प्राकृतिक रूपमा उम्रिएका गाँजाका बोटहरू फडानी गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । गुल्मी प्रहरीले अवैधरुपमा रहेको गाँजा प्रयोग नहोस् भनेर आज बिहीबार शान्तिपूर्ण एवम् सुरक्षित समाजका लागि समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सो स्थानमा गाँजा नष्ट गरेको हो । प्रहरी सहायक निरीक्षक लालबहादुर वलीको कमाण्डमा खटिएको १२ जनाको प्रहरी टोलीले दुई रोपनी क्षेत्रफलमा प्राकृतिक रूपमा उम्रिएका १० फिट अग्लो ७५ वटा गाँजा फडानी गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख (एसपी) नवीनकिशोर प्रधानले बताउनुभयो ।


केही दिनअघि मालिका गाउँपालिकाको मर्भुङ्गमा ६३५ बोट र रेसुङ्गा नगरपालिकाको सिमिचौरमा ६०० बोट गाँजा फडानी गरिएको थियो । प्राकृतिक रूपमा उम्रिएको गाँजालाई व्यक्तिले संरक्षण गरेको पाइएको छ । प्रहरीको सक्रियतामा बर्सेनि गाँजा नष्ट हुनेगरेको छ । गाउँघर, सडक आसपासमा फैलिएको अवैध गाँजालाई नष्ट गरिदैंआएको उहाँले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्