लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाले लम्पी स्कीन विरुद्धको खोप सक्यो, कुकुरको लागि रेबिज बिरुद्धको खोप शुरु

IMG

तिलोत्तमा, २०८० असोज ५ गते । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगर भित्रका गाई गोरुमा नि:शुल्क रुपमा लम्पी स्कीन विरुद्धको खोप लगाएर सकेको छ भने आजै देखि कुकुरका लागि रेबिज बिरुद्धको खोपको शुरुवात गरेको छ। नगरपालिकाले शुक्रबार पशु शाखा जानकीनगरमा एक कार्यक्रमको आयोजना गरी ४ हजार ७४८ पशुमा भ्याक्सीन लगाएको जनाएको हो । तिलोत्तमा नगरपालिकाले साउन २१ गतेदेखि पशुमा लम्की स्कीन विरुद्धको खोप लगाउन सुरु गरेको थियो । नगरपालिकाले लम्पी स्किन सम्पन्न गरेसंगै रेबिज बिरुद्धको खोप अभियान शुरु गरेको छ। 


पशु चिकित्सक उर्जा देवकोटाले नगरभित्र ५ हजार ९३ वटा गाई गोरु रहेकोमा ४ हजार ७४८ पशुमा भ्याकसिन लगाइएको जानकारी दिइन् । ‘ नगर भित्र ५ हजार ९३ गाई गोरु रहेका छन् । त्यसमध्य हामीले ४ हजार ७४८ गाई गोरुमा खोप लगाएर सकेका छौँ ।’– उनले भनिन् ‘गर्भवती अवस्थामा रहेका गाईलाई भने खोप लगाइएको छैन् ।’ साथै नगर भित्र संक्रमित पशुको संख्या ८३६ रहेको पशु चिकित्सक देवकोटाले बताइन् । हाल उपचाररत पशुको संख्या ४४ रहेको र १०६ गाई गोरु लम्की स्कीन रोगबाट मरेको उनले बताइन् ।


तिलोत्तमा नगरपालिका– २ का वडाध्यक्ष दिलबहादुर भट्टराईले नगरपालिकाले समयमा नै लम्की स्किनको खोप दिन सुरु गरेकाले धेरै पशुहरु यस रोगबाट जोगिएको बताए । नगरपालिका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले नगरपालिकाले पशुमा देखिएको लम्की स्कीन रोग नियन्त्रणका लागि आर्थिक वर्ष २०८०/८१ को बजेटमा २० लाख विनियोजन गरेकोमा १० लाखमा काम सम्पन्न भएको बताए । रुपन्देही जिल्लामा सबै भन्दा धेरै पशुमा खोप लगाउने नगरपालिका तिलोत्तमा रहेको उनले बताए । कार्यक्रमा लम्की स्कीनको खोप लगाउने प्राविधिक र स्वयम् सेवक विद्यार्थीहरुलाई सम्मान समेत गरिएको थियो। 


यस्तै तिलोत्तमा नगरपालिकाले शुक्रबारदेखि नै १७ औँ विश्व रेविज रोग विरुद्धको साप्ताहिक निःशुल्क खोप कार्यक्रमको सुरुवात गरेको छ । खोप कार्यक्रमको जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक उमाकन्त चपाईले कुकुरलाई रेविज विरुद्धको खोप लगाइदिएर कार्यक्रमको सुरुवात गरेका थिए ।



कमेन्ट गर्नुहोस्