तिलोत्तमा,असोज ४, २०८० बिहिबार।तिलोत्तमा नगरपालिकालाई यस अघि पटक पटक सिक्सलेन केन्द्रित विकास गरेको भन्ने आरोप लाग्ने गरेको थियो। उक्त आरोपलाई समेत खण्डन गर्ने गरि तिलोत्तमा नगरपालिकाले परियोजना बैंकमा नै समाबेश गरि प्रत्येक वडाका कम्तिमा एक किलोमिटर वाटो कालोपत्रे गर्ने नीति आ.व. २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा नै समाबेश गरेको थियो। नीति तथा कार्यक्रमको प्रावधान बमोजिम नगर सभाले उक्त योजनाहरुको लागि बजेट विनियोजन गरेको थियो। अस्फ़ाल्ट प्रविधिको कालोपत्रे चलनचल्तिको सबैभन्दा गुणस्तरीय कालोपत्रे प्रविधि मानिन्छ। साना टुक्रे योजनाले दीर्घकालीन नतिजा प्राप्त नहुने भएकाले नगरपालिकाले ठुला र दीर्घकालीन प्रभाव पार्ने योजना छनौट गरि कार्यान्वयन गर्न लागेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताउनुभएको छ। परियोजना बैंक निर्माण गरि कार्यान्वयन गर्ने तिलोत्तमा नगरपालिका मुलुककै प्रथम नगरपालिका हो।
तिलोत्तमा नगरपालिकाको आ.व. २०८०/८१ का लागि स्वीकृत बार्षिक नीति तथा कार्यक्रम र बजेटमा भएको व्यवस्था वमोजिम प्रत्येक वडाका कम्तिमा एक किलोमिटर बाटो अत्याधुनिक असफाल्ट प्रविधिबाट कालोपत्रे गर्ने नीति अनुरुप वडाका बाटोहरुको निर्माणका लागि २०८०/०६/०२ गते बिधुतिय वोलपत्र आब्हान गरिएको छ। बाँकी रहेका वडाका वाटोहरुको आगामी साता पुन: वोलपत्र आब्हान हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताउनुभएको छ।नगरपालिकाले पहिलो चरणमा वडा नम्बर १,२, ४, ६, ८, १५, १६, १७ को करिव १ करोडको बाटोको बिधुतिय टेन्डर खुलाएको छ। बाँकी रहेको वडाको अर्को साता पुन: टेन्डर खोल्ने र सबै वडामा कम्तिमा १ किलोमिटर सडक यहि बर्ष सम्पन्न गर्ने नगरपालिकाले जनाएको छ।
कमेन्ट गर्नुहोस्