
तिलोत्तमा, असोज ३ गते २०८०। तिलोत्तमाको सिमाना गोरकट्टामा रहेको तिनाउ पुलको निगरानी र छड्के चेकमा तिलोत्तमा वडा नम्बर-६ का अध्यक्ष गणेश पाठक नगरप्रहरी सहित बिहानै नाकामा पुगेका छन्। पुल नाका हुँदै बिकृति जन्य क्रियाकलाप हुँदै आएको जनगुनासो पछि वडा अध्यक्षले त्यहाको अस्थायी प्रहरी पोस्टलाई थप परिचालन गर्दै नगर प्रहरीको साथमा बिहानै ४ बजे नाका पुगेका हुन्। पशु क्वारेन्टाइन नगरी खुल्ला नाकाबाट आउने मासुजन्य पदार्थ तथा अन्य व्यापारिक बस्तुको चोरीनिकासीका लागि सो पुलको बाटो प्रयोग गरेको गुनासो पाए लगत्तै वडा अध्यक्ष गणेश पाठकले एक्सन लिएका हुन्।
हामी छड्के चेकमा आउदा त्यस्तो खालको गतिबिधी देखिएन तर यो नाका हुँदै यस्ता गतिबिधी भएको थाहा हुन आएकोले नियमित रुपमा प्रहरी नगर प्रहरी सहित आफै सो कार्य रोक्न लागेको अध्यक्ष पाठकले बताए। वडा अध्यक्ष पाठकले तिलोत्तमा नगरक्षेत्र भित्र कुनै किसिमको व्यापारिक प्रयोजनका लागि समान खरिद गरि ल्याउदा र लैजादा अनिवार्य बिल बिजक सहित लैजान व्यापारीबर्गमा आग्रह समेत गरेका छन्। स्थानियको गुनासो बढेपछि नाकामा अबदेखि नियमित रुपमा निगरानी गर्ने र नियम बिपरित कार्य गर्नेलाई कानुनी कारबाही गरिने समेत उनले बताए।अहिले तिलोत्तमा वडा नम्बर-६ को नाका हुँदै आउने समान ओसारपसार र पुल र नजिककैको बनमा हुने अवान्छित क्रियाकलाप,प्रति सजग रहन सबै जनमानसमा अध्यक्ष पाठकले आग्रह गर्नुभएको छ।
कमेन्ट गर्नुहोस्