लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाको गोरकट्टा नाकामा तस्करी,ट्राफिक नियम उल्लङ्घन,यौन क्रियाकलाप मौलायो

tillotmacitynews - 2023 Sep 19 01:38 PM
IMG
तिलोत्तमा,असोज २, २०८० मंगलबार। तिलोत्तमा नगरपालिकाको मणिग्रामदेखि पश्चिम गोरकट्टा तिनाउ पुल पारी बुटवल उपमहानगर तर्फ यस्तो क्रियाकलाप हुन्छ भन्दा तपाईलाई बिश्वास नलाग्न सक्छ।  हो हामीलाई पनि लागेको थिएन तर बिहानै ५ बजेदेखि राति ९ बजेसम्मको हाम्रो स्टिङ्ग अपरेशनले सो तथ्य फेला पारेको छ। बुटवलका एक मासु व्यवसायीले आफ्नो नाम नबताउने शर्तमा नेपाल भारतको फरक नाकाबाट जिउदो कुखुरा र अनाधिकृत रुपमा बिल भरपाई बिना स्थानिय काटेको बंगुर मासु र जिउदो माछा आउने बताएका छन्। सूर्यपुरा नाका हुँदै तिनाउ नदीको किनारै किनार सो मासु ल्याउने गिरोह नै रहेको उनको भनाई छ। 

त्यतिमात्रै होइन बुटवलका एक बजारमा कपडा व्यवसाय गर्ने व्यवसायीका अनुसार एक बोलेरोमा १ दिन बिराएर खात का खात कपडा आउने बताएका छन्।  त्यसका लागि किनारमा सिभिल मान्छे समेत तैनाथ गरेर राख्ने उनले बताएका छन्।  समाचारमा नाम उल्लेख नगर्न भन्दै उनले नियमित रुपमा १०/१२ जना व्यापारीका लागि कपडा आउने गरेको उनको भनाइ छ। तर प्रहरीले भने त्यस्तो खालको गतिबिधी नभएको बताएका छन्। अस्थायी प्रहरी पोस्ट तिलोत्तमा तर्फ तिनाउ पुल नजिकै छ, तर त्यहाका स्थानिय र आवतजावत गर्नेलाई प्रहरी पोस्ट त्यहा रहेको धेरैलाई थाहा छैन। तिनाउ पुल पारी बुटवल उपमहानगर तर्फ भने यस्ता गतिबिधी दिनदहाडै चलिरहन्छ। कहिलेकाँही हल्का चेकजांच गरिएको तर सामान्य रुपमा सम्झाई बुझाई गरेर ट्राफिक नियमबारे बताई छाडेको प्रहरी इन्चार्ज देवेन्द्र बिक्रम बिकले बताए।

उनले चाडबाडका बेला कडाई नगरिएको समेत बताए। तर नजिकै प्रहरीको पोस्ट भएपनि सो गतिबिधी बारे प्रहरीले व्यवास्ता गरेको देखिन्थ्यो। नजिकै प्रहरी भएर समेत कार्यालयमै निदाएर बसेको स्थानीयको आरोप छ। स्थानीयका अनुसार प्रहरी छ भनेर ढुक्कसंग बस्न गाह्रो छ, मानिसहरु पनि खुलेयाम रुपमा अवान्छित क्रियाकलाप गर्दछन,तर प्रहरी मुखदर्शक बनेको छ। हामी बोल्दा हामीलाई नै डर भएको स्थानिय स्विकारछन्। तिलोत्तमा सिटीको रिपोर्टिङ्गका क्रममा सो पुल नजिकै जाँदा चरम रुपमा ट्राफिक नियम उल्लङ्घन गरि हेलमेट नलागाउने, एउटै बाइकमा ३/४ जनासम्म राख्ने, मादक पदार्थ, नशा खाएर सवारी साधन हाक्ने, मादक पदार्थ सेवन गराई महिलाहरुलाई आपत्तिजनक अवस्थामा लिएर हिड्ने, बिल बिना विभिन्न कपडा, मासुजन्य पदार्थ लिएर हिडेको भेटाइएको छ।

त्यति मात्रै हैन स्थानिय बनजंगलमा नशा सेवन गरि बस्ने, यौन क्रियाकलाप गर्ने, तिनाउ पुल पारी बुटवल उपमहानगर तर्फ खोलाको उत्खनन गरि बोराबाट छोटा हात्ती र ट्याक्टरमा ओसार्ने गतिबिधी समेत देखिएको छ। गौरवका योजना निर्माण गर्न भनि बसेको निर्माण कम्पनीले समेत सो स्थानबाट उत्खनन गरि सामाग्री बाहिर लगेको दृश्य समेत देखिएको छ।  सो बारे स्थानिय प्रहरी र सरोकारवालालाई बुझ्दा त्यस्तो केही नभएको, रमाइलोको लागि स्थानियहरु आउने बताएका छन्। सो नाकाबाट पुर्वतर्फ तिलोत्तमा पर्दछ भने दक्षिण तर्फ शुद्धोधन गाउपालिका र पश्चिमतर्फ बुटवल उपमहानगर पर्दछ। 

कमेन्ट गर्नुहोस्