लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

धनगढी उपमहानगरपालिकाले दाहसंस्कार खर्च दिने

tillotmacitynews - 2023 Sep 18 04:24 PM
IMG

तिलोत्तमा सिटी, असोज १ गते । कैलालीको धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रका विपन्नलाई दाहसंस्कार खर्च दिने भएको छ। आर्थिक समस्याका कारण अन्त्येष्टिमा कसैलाई पनि समस्या नहोस् भनेर सो पालिकाले पाँच हजार रुपियाँ दाहसंस्कार खर्च दिने भएको हो। आइतबार बसेको कार्यपालिका बैठकले दाउरा खरिदका लागि विपन्न परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको कार्यपालिका सदस्य एवम् वडा नम्बर ३ का वडा अध्यक्ष राजबहादुर ऐरले बताउनुभयो।  “यो सहयोग सबैलाई होइन”, उहाँले भन्नुभयो,“आर्थिक रूपमा एकदम विपन्न परिवारलाई मात्रै हो।” आर्थिक सहयोग प्रत्येक वडाका वडा अध्यक्षहरूको समन्वयमा उपलब्ध गराइने जनाइएको छ। यसैगरी, मृतक हरेक व्यक्तिको अन्त्येष्टिमा नगर प्रहरीले घाटमै गएर सम्मान दिने पनि कार्यपालिका बैठकले निर्णय गरेको छ। नगर क्षेत्रभित्र कुनै पनि व्यक्तिको मृत्यु भएमा धनगढी उपमहानगरपालिकालाई जानकारी गराउनु पर्ने ऐरले बताउनुभयो।

कमेन्ट गर्नुहोस्