
तिलोत्तमा सिटी, असोज १ गते । चितवनमा दुई हजार किलो माछा नष्ट गरिएको छ । मत्स्य व्यवसायी सङ्घ, पशु क्वारेन्टाइन चेकपोष्ट रामनगर र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले बरामद गरेको माछा नष्ट गरिएको हो ।पशु क्वारेन्टाइन चेकपोष्ट रामनगरका प्रमुख शिरिष गौतमले नष्ट गरिएको माछा भारतबाट अवैधरूपमा भित्रिएको बताउनुभयो । लु ३ च १७९४ नम्बरको गाडीमा राखेर चितवन हुँदै काठमाण्डौ ल्याउन लागिएको माछा जाँचको क्रममा प्रहरीले बरामद गरेको थियो ।नष्ट गरिएको माछाको बजार मूल्य तीन लाख २० हजार रुपैयाँसम्म हुनसक्ने तर बिलमा एक लाख ६० हजार रुपैयाँ मात्र लेखिएको देखिएको छ । मत्स्य व्यवसायी सङ्घ चितवनका अध्यक्ष अर्जुन लामिछानेले अवैधरूपमा माछा नेपाल भित्रने क्रम नरोकिएको बताउनुभयो ।
कमेन्ट गर्नुहोस्