
तिलोत्तमा,भदौ ३१, २०८० आइतबार।सरकारले यसपटक संविधान दिवसको अवसरमा विभूषण वितरण नगर्ने भएको छ ।मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले हाललाई विभूषण वितरण कार्य स्थगन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । साथै विभूषण वितरणलाई मर्यादित एवं थप व्यवस्थित गरी विभूषणको गरिमा बढाई राष्ट्रको सम्मानको रुपमा स्थापित गर्न अन्तर्राष्ट्रिय अभ्यास र विभूषणसम्बन्धी प्रचलित कानुन समेतको अध्ययन गर्न कार्यदल गठन गर्ने निर्णय समेत गरेको छ ।कार्यदललाइ तीन महिना समय दिइनेछ ।
कमेन्ट गर्नुहोस्