लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सोलुखुम्बुमा भालुको आक्रमणबाट एक जनाको ज्यान गयो

tillotmacitynews - 2023 Sep 16 09:42 PM
IMG

तिलोत्तमा सिटी, २०८०भाद्र ३०  गते । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका १ खिरौलेमा भालुको आक्रमणबाट एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा स्थानीय अन्दाजी ५३ वर्षीय पेम्बा वाङ्छु शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।आज शनिवार दिउँसो अन्दाजी २ बजे मकै बारीमा जाँदा शेर्पालाई भालुले आक्रमण गरेको थियो । भालुको आक्रमणबाट टाउको, पेट, छाति लगायतको भागमा गम्भीर चोट लागेका शेर्पाको महाकुलुङ प्राथमिक अस्पताल बुङमा ज्यान गएको प्रहरीले जनाएको छ ।घाइते अवस्थामा स्थानीयले उद्वार गरेर अस्पताल पुर्‍याउने बित्तिकै शेर्पाको ज्यान गएको बताइएको छ । भालुको आक्रमणमा परेका शेर्पाको आन्द्रा नै बाहिर निस्किएको प्रत्यक्षदर्शी सुन्दर कुलुङले बताउनुभयो । 


स्थानीयका अनुसार गएराति भालुले मकैबालीमा क्षति पुर्‍याएको थियो । मकैको ढोर उठाउन जाने क्रममा बारीमै बसेको भालुले शेर्पालाई दिउँसै आक्रमण गरेको बताइएको छ ।शेर्पाको शव अहिले महाकुलुङ प्राथमिक अस्पताल बुङमै राखिएको छ भने घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

कमेन्ट गर्नुहोस्