लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सामूहिक बलात्कार आरोपमा स्याङ्जामा दुई जना पक्राउ

tillotmacitynews - 2023 Sep 16 09:14 PM
IMG

तिलोत्तमा सिटी, २०८०भाद्र ३० गते। स्याङ्जामा सामूहिक बलात्कारको आरोपमा दुई जना पक्राउ परेका छन् ।  ३२ वर्षकी अपांगता भएकी महिलालाई सामूहिक बलात्कारको आरोपमा पुतलीबजार नगरपालिका-८ का २५ वर्षीय सुवास गुरुङ र २७ वर्षीय मदन गुरुङ पक्राउ परेका हुन् ।जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी पावलसिंह लामाका अनुसार भदौ २० गते वौद्धिक अपांग भएकी ती महिलालाई आफ्नै घरमा बसिरहेको अवस्थामा सामूहिक बलात्कारमा परेकी थिइन् ।‘जाहेरीपछि उनीहरुलाई नियन्त्रणमा लिएर जबरजस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको छ’, उनले भने । उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान गर्न शुक्रबार नै जिल्ला अदालत स्याङ्जाबाट अनुमति लिएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्