लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

दाङमा बाबुको हत्या आरोपमा छोरा पक्राउ

tillotmacitynews - 2023 Sep 15 05:22 PM
IMG

तिलोत्तमा सिटी, २०८० भाद्र २९ गते । दाङमा बाबुको हत्याको आरोपमा छोरा पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका ५ दलजितपुरका ५१ वर्षका प्रेमबहादुर केसीलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले उनकै २८ वर्षीय छोरा सन्तोषलाई पक्राउ गरेको हो ।भदौ २८ गते साँझ मादक पदार्थ सेवन गरी छोरा सन्तोषले बाबु प्रेमबहादुरलाई कुटपिट गरेको प्रत्यक्षदर्शीको भनाइ छ ।कुटपिटबाट घाइते भएका प्रेमबहादुरको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनकबहादुर मल्लले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्