लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

चोरीको १ करोड रुपैयाँसहित ९ नेपाली पक्राउ

tillotmacitynews - 2023 Sep 14 06:44 PM
IMG

तिलोत्तमा सिटी, भदौ  २८ गते । चोरी गरिएको एक करोड रुपैयाँसहित ९ जना नेपाली भारतमा पक्राउ परेका छन् । भारतबाट चोरी गरेर नेपाल छिर्ने क्रममा कञ्चनपुरको बेलौरी र पुनर्वाससँग सीमाना जोडिएको भारतको पिलिभित जिल्लाको सम्पूर्णानगर क्षेत्रबाट ९ जना नेपाली पैसासहित पक्राउ परेका हुन् ।प्रहरीका अनुसार सोमबार राति दिल्लीबाट उनीहरु पैसा चोरेर ल्याउँदै थिए । नेपाल छिर्ने क्रममा मंगलबार राति पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरुको परिचय अझै गोप्य राखिएको छ । यसबारे भारतीय प्रहरीले नेपाल प्रहरी र सशस्त्रलाई विस्तृत विवरण दिएको छैन ।

सशस्त्र प्रहरी बल सुदूरपश्चिमका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेले पक्राउ पर्नेमा बाजुरा, अछाम र बझाङका रहेको बताए ।

कमेन्ट गर्नुहोस्