
तिलोत्तमा सिटी, २०८० भाद्र २६ गते । काठमाडौं महानगरपालिका–३२ स्थित बालकुमारीमा रहेको आकाशे पुलमुनि रातको समयमा फोहोर फाल्ने १९ जनालाई महानगरले जरिवाना तिराएको छ ।महानगरपालिकाको नगर प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर जरिवाना तिराएको हो । जरिवानाबापत उनीहरूबाट ५० हजार ५ सय रूपैयाँ असुलिएको महानगरले जनाएको छ ।स्थानीयको गुनासोपछि महानगर प्रहरीले सोमबार राति सो क्षेत्रमा छड्के अनुगमन गरेको थियो । सो क्रममा उनीहरूलाई नियन्त्रणपछि जरिवाना तिराएर छाडिएको महानगरले जनाएको छ ।
कमेन्ट गर्नुहोस्