लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अर्बेनी सम्पर्क समाजको तीज मिलन तथा दरखाने कार्यक्रम

IMG

तिलोत्तमा, २०८० भाद्र २३ गते। अर्बेनी सम्पर्क समाज रुपन्देहीले तीज मिलन तथा दरखाने कार्यक्रम सम्पन्न गरेको छ । रुपन्देहीको तिलोत्तमा-४ स्थित साजाको आफ्नै भवनमा शनिबार भएको कार्यक्रममा दिनभर तीजको सास्कृतिक तथा धार्मिक महत्वका बारेमा बक्ताहरुले मन्तव्य राख्नुभएको थियो। दिनभर नाँचगान गरिएको सो कार्यक्रम समाजका अध्यक्ष काशिराम न्यौपानेको अध्यक्षता तथा प्रमुख अतिथि  तिलोत्तमा नगरपालिका वडा नम्बर-४ का अध्यक्ष  हरि बहादुर क्षेत्रीले समाजले गरेको हालसम्मको काम प्रशंसनीय रहेको र सस्कृति जगेर्ना गर्न खेलेको भूमिकाको तारीफ गर्दै आफु समाज बिकासका लागि मिलेर अगाडी बढ्ने प्रतिबद्धता राखे । उनले तराइ र पहाडलाइ एकआपसमा जोड्ने गरि गरिएको यस्तो खालको कार्यक्रमले सकारात्मक संदेश दिने बताए।


सो अवसरमा बिशिष्ट अतिथि वडा नम्बर-४ का निवर्तमान अध्यक्ष दिवाकर ढकाल, अर्बेनी घर भै हाल रुपन्देहीमा बसोबास गर्दै आएका , समाजका निबर्तमान अध्यक्ष,समाजसेवी बुद्धिजीवी लगायतले बोलेका थिए ।कार्यक्रममा समाजमा आर्थिक सहयोग गर्ने ४ दर्जन आजिवन तथा नयाँ सदस्य अर्बेनीहरुलाई दोसल्ला तथा सम्मान पत्रले सम्मान गरिएको थियो ।समाजले तिलोत्तमा-४ स्थित आफ्नै भवन निर्माण गरि सम्पन्न गर्ने तरखरमा रहेको छ। छिट्टै सो काम सम्पन्न गरि समाजलाई सामाजिक बिकास र युवाहरुको सोच तथा बिकासको लागि बिभिन्न रचनात्मक कामहरु गर्ने योजना रहेको समाजका अध्यक्ष काशिराम न्यौपानेको भनाई छ । सचिव केदार न्यौपानेको संचालनमा भएको सो कार्यक्रममा साविक अर्बेनी गाबिस हाल कालिगण्डकी-२ का रुपन्देही कपिलबस्तु नवलपरासी,पाल्पा अर्घाखांचीका अर्बेनी बासीहरुको उपस्थिति रहेको थियो। सो अवसरमा बोल्दै सचिव केदार न्यौपानेले समाजको निर्माधीन भवन सम्पन्न गर्न सबै अर्बेनी आमा बुवा दाजु भाई तथा दिदि बाहिनीलाई आग्रह समेत गरेका छन्। करिव ५० प्रतिशत निर्माण पुरा भएको भन्दै समाजको भवन परिसरमा अन्य धेरै निर्माणको काम बिस्तारै हुँदै गएको उनले बताए। 




कमेन्ट गर्नुहोस्