लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनी प्रदेश सभा बैठकबाट निजामती विधेयक पारित गर्ने तयारी

tillotmacitynews - 2023 Sep 08 11:19 AM
IMG

तिलोत्तमा,भदौ २२ गते । लुम्बिनी प्रदेशसभाको २५ औं बैठक आज शुक्रबार बस्दैछ।  दिउँसो १ बजे बस्ने बैठकबाट प्रदेश सभामा विचाराधीन रहेको निजामती सेवा विधेयक पारित गर्ने तयारी छ ।प्रदेश सभाको कार्यसूची अनुसार बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयक’ माथि छलफल र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।त्यसपछि सभामुख तुलाराम घर्तीमगरले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनले बताए ।


गत असार २२ दर्ता भएको निजामती विधेयकमा प्रदेशसभाले दफावार छलफल गर्न प्रदेश मामिला तथा कानुन समितिमा पठाएको थियो । समितिले उपसमिति गठन गरेर विधेयकमाथि छलफल र सुझाव संकलन गरेको थियो। सुझावको आधारमा तयार पारिएको प्रतिवेदन बिहीबार बसेको बैठकमा पेश गरिएको थियो ।

कमेन्ट गर्नुहोस्