लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जर्मनीमा रोजगारी दिने भन्ने प्रचार गलत : विभाग

tillotmacitynews - 2023 Sep 08 11:10 AM
IMG

तिलोत्तमा,भदौ २२ गते । जर्मनीमा आकर्षक रोजगारी दिने गरी आएको प्रचारहरु गलत भएको वैदेशिक रोजगार विभागले बताएको छ ।अनधिकृत व्यक्तिले नक्कली सूचना जारी गरी जर्मनीमा सहायक कामदार छनोटका लागि आवेदन आह्वान भएको भ्रमपूर्ण विज्ञापन/सूचना सामाजिक सञ्जालबाट प्रचार गरेपछि विभागले यस्तो बताएको हो ।विभागका निर्देशक कविराज उप्रेतीका अनुसार सामाजिक सञ्जालमा जर्मनीको रोजगारी सम्बन्धी आएका सूचनाहरु गलत हुन् ।


विभागले यस्ता भ्रमपूर्ण विज्ञापनमा विश्वास नगर्न सरोकारवालामा सूचित समेत गरेको छ । कानुन विपरीत हुने गरी सामाजिक सञ्जालमा सूचना सम्प्रेषण नगर्न समेत विभागले चेतावनी दिएको छ ।नेपाल  सरकारले १११ वटा मुलुकलाई वैदेशिक रोजगारीका लागि संस्थागत रुपमा खुला गरेको छ । व्यक्तिगत रुपमा नेपाली नागरिक १७८ मुलुकमा रोजगारीका लागि गइरहेका छन् । संस्थागत रुपमा खुला भएको मुलुकमा इजाजत प्राप्त संस्थाले मात्र कामदार पठाउन पाउँछन् ।

कमेन्ट गर्नुहोस्