लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

काठमाडौँ महानगर– १६ का वडाअध्यक्ष रिजालकाे निधन

tillotmacitynews - 2023 Sep 07 11:36 AM
IMG

तिलोत्तमा सिटी , भदौ २१ गते । काठमाडौँ महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको आज निधन भएको छ । नेपाली काँग्रेस काठमाडौँ जिल्ला क्षेत्र ७ का क्षेत्रीय सभापति समेत रहनुभएका रिजालको उपचारको क्रममा ग्रान्डी अस्पतालमा निधन भएको परिवार स्रोतले जानकारी दिएको छ । केही दिनदेखि उपचार गराइरहनुभएका उहाँको निधनपछि नेपाली काँग्रेसका महामन्त्री गगन थापा, काठमाडौँ क्षेत्र नम्बर ७ का सङ्घीय सांसद प्रदीप पौडेललगायतका काँग्रेसका नेताहरू अस्पतालमा पुगिसक्नुभएको छ । 


डेँगु सङ्क्रमण भएपछि उहाँलाई निमोनिया भएको थियो । उपचारका लागि आइसियु हुँदै दुई दिनसम्म भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उहाँलाई श्रद्धाञ्जलि दिनका लागि शव बिहान ११ देखि १२ बजेसम्म राष्ट्रिय सभागृहमा राखिने महामन्त्री गगन थापाले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । 

कमेन्ट गर्नुहोस्