लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रोपाइँ जात्रा मनाउन रेसुङ्गामा आज सार्वजनिक बिदा

tillotmacitynews - 2023 Sep 07 09:33 AM
IMG

तिलोत्तमा सिटी । भाद्र २१ गते । गुल्मीको रेसुङ्गा नगरपालिकाले आज रोपाइँ जात्रा मनाउदै छ । श्रीकृष्ण जन्माष्टमीको अर्को दिन अर्थात आज तम्घास बजारमा विभिन्न क्लब, समूह, संघसंस्थाले रोपाइँ जात्रालगायतका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन् । रेसुङ्गामा वषौं पहिलेदेखि कृष्ण जन्माष्टमीको अवसरमा रोपाइँ जात्रा गरेर मनाउने प्रचलन रहेको छ । रेसुङ्गा नगरपालिकाले रोपाइँ जात्रा मनाउन मनाउन आज सार्वजनिक बिदा समेत दिएको छ ।


कृष्ण जन्माष्टमी पर्वको भोलिपल्ट साँस्कृतिक रोपाइँ जात्राको अवसर पारेर  आज एक दिनका लागि नगरपालिकाले सार्वजनिक बिदा दिएको हो । नगरपालिकाले सूचना जारी गर्दै गत भदौ १० गते बसेको नगर कार्यपालिकाको निर्णय अनुसार सार्वजनिक बिदा दिइएको जनाएको छ । रोपाइँ जात्रा कार्यक्रमलाई भव्य रुपमा सफल बनाउन नगरपालिका कार्यालय मातहतका वडा कार्यालयहरु, विद्यालयहरु, स्वास्थ्य संस्थाहरु लगायत यस नगरपालिका मातहतका सम्पूर्ण निकायमा सार्वजनिक बिदा दिइएको जारी सूचनामा उल्लेख गरिएको छ । 


कमेन्ट गर्नुहोस्