लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तानसेनमा आज भगवती जात्रा हेर्न जानेलाई बस भाडामा ५० प्रतिशत छुट

tillotmacitynews - 2023 Sep 07 09:24 AM
IMG

तिलोत्तमा सिटी । भाद्र २१ गते । पाल्पा सदरमुकाम तानसेनमा आज भगवती रथ जात्रा विजयउत्सवमा सहभागी हुन आउजाउ गर्ने यात्रुहरुलाई पश्चिम नेपाल बस व्यबसायी प्रा.लिे भाडामा ५० प्रतिशत छुट दिने भएको छ । नेपालले विंस १८७१ र ७२ मा भएको बुटवल जितगढी युद्धमा अग्रेज माथी विजय प्राप्त गरेको थियो । अग्रेज लाई लडाइमा जितेको खुसियालीमा पाल्पामा भाद्र कृष्णजन्माष्टमीको भोली पल्ट अर्थात आज विजय उत्सव मनाउने परम्परा रहेको छ ।



नेपालको गौरवमय इतिहासलाई जनमासमा पुर्याउन पश्चिम नेपाल बस व्यबसायी समितीले आज एक दिनको लागी विहान बुटवल देखी पाल्पा र  साँझ पाल्पा देखी बुटवलसम्म आउजाउ गर्ने यात्रुहरुलाई ५० प्रतिशत भाडा छुट दिएको हो ।  बस व्यबसायी समितीले यात्रुहरुको रेडर्क राख्नको लागी बुटवल र पाल्पाको टिकट काउण्टरबाट टिकट काटेका व्यक्तिहरुलाई भाडा छुट दिने निर्यण गरेको प्रा.लि.का अध्यक्ष दधिराम खरेलले बताउनुभयो । यसै गरी होटल तथा रेष्टुरा व्यबसायी समिती पाल्पाले भगवती जात्रामा आउने भक्तजनहरुको लागी लक्षित गरेर खानामा १० प्रतिशत र बासमा २० प्रतिशत छुट दिने निर्यण गरेको छ । 

कमेन्ट गर्नुहोस्