लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आज कृष्णजन्माष्टमी पर्व देशभर मनाइदै

IMG

तिलोत्तमा सिटी । आद्र २० गते । आज भाद्र कृष्ण अष्टमी अर्थात् कृष्ण जन्माष्टमी पर्व, भगवान श्रीकृष्णको पूजा आराधना गरी देशभर मनाईदै छ  । भगवान श्रीकृष्णको जन्म भएको दिनको सम्झना गर्दै हिन्दु धर्मावलम्बीहरूले यो पर्व मनाउने गर्छन् । ज्ञान, भक्ति र कर्मयोगका प्रणेता श्रीकृष्णको पूजाआजा गरी यो पर्व मनाउने गरिन्छ ।  ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा हिन्दू पञ्चाङ्ग अनुसार भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले यो दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ । मामा कंश लगायतको अत्याचारबाट मानव जातिलाई मुक्ति दिन वासुदेव र देवकीको आठौं गर्भबाट विष्णुको आठौं अवतारका रुपमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ । लोकमा अधर्म बढ्दै जाँदा भगवानले विभिन्न रूप लिने परम्पराअनुरूप कंसलगायत दानवको अन्त्यका लागि नारायणले कृष्णको रूप लिएको बताइन्छ । भगवान विष्णुको आठौं अवतारको रूपमा श्री कृष्णको जन्मदिनको अवसरमा हिन्दूहरूले मनाउने वार्षिक पर्व हो । श्रीकृष्ण जन्माष्टमीमा हिन्दूहरूले भगवान श्री कृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँछन् । 



 धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार कृष्णले पापका पर्याय बनेका कंशको बध गरी हजुरबुबा उग्रसेन, मातापिता देवकी एवं वासुदेवलाई कारागारमुक्त गराएका थिए । बाल्यकालदेखि नै विचित्रलीला देखाएका कृष्णले गोपिनी र राधासँग गरेको प्रेम प्रसंगका कारण यो महिना प्रेमोत्सव अर्थात् झुलनोत्सवका रुपमा पनि मनाउने गरिन्छ । अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले विष्णुले मानव अवतारका रुपमा श्रीकृष्ण भई धर्तीमा अवतरण गरेको मानिन्छ । कृष्णले आजीवन सत्यका पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई  प्रेरित गरेका थिए । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । यो पर्वका अवसरमा ललितपुरको पाटनमा रहेको कृष्ण मन्दिर लगायत देशभरका कृष्ण मन्दिरमा भक्तजनको घुइचो लागेको छ । यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले आज पाटनको कृष्ण मन्दिरमा दर्शन गर्नुहुने भएको छ । उहा आजै दिउसो कृष्ण मन्दिर जाने कार्यक्रम छ ।


कमेन्ट गर्नुहोस्