लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

शनिबार चलेका २० वटा सरकारी गाडी अनेरास्ववियुको नियन्त्रणमा

tillotmacitynews - 2023 Sep 04 12:57 PM
IMG

तिलोत्तमा सिटी, २०८० भाद्र १८  गते ।  शनिबार पनि सरकारी गाडी दुरुपयोग गरेको भन्दै अनेरास्ववियु बाँकेले २० वटा गाडी नियन्त्रणमा लिएको छ । यसरी नियन्त्रणमा लिएको २० वटा गाडी प्रहरीलाई बुझाएको छ ।शनिवार बिदाको दिन पनि गाडी चलाउनेलाई नेपालगन्ज उपमहानगरपालिकामा सरकारी गाडी सञ्चालनमा रोक लगाएको अनेरास्ववियु बाँके अध्यक्ष प्रकाश बिश्वकर्माले बताए ।


नेपालगन्जको धम्बोझी चोकमा अनेरास्ववियुका युवाहरुले सरकारी गाडीलाई निगरानी गरेर नियन्त्रणमा लिएका थिए । शनिवार केही घण्टा भित्र नै करिव २० वटा सरकारी गाडी नियन्त्रणमा लिएको विश्वकर्माले बताए । विदाको दिन अत्यावश्यक काम बाहेक सरकारी सवारीसधान दुरुपयोग नहोस भन्ने उद्देश्यका साथ विदाको दिन निगरानी गरेको उनले बताए ।

कमेन्ट गर्नुहोस्