लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लायन्स क्लब अफ भलवारी सिटीको तिज विशेष कार्यक्रम सम्पन्न

tillotmacitynews - 2023 Sep 04 10:13 AM
IMG

तिलोत्तमा सिटी । भाद्र १८ गते । लायन्स क्लब अफ भलवारी सिटीले गत शनिबार भैरहवास्थित होटल पौवामा तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ । माउन्ट एभरेष्ट कत्था मिलको मुख्य प्रायोजन रहेकोे कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रीक्ट ३२५ पि का द्वितिय गभर्नर लायन बालाराम भट्टराईले क्लबले दिनानुदिन प्रगति हासिल गर्दै गएको भन्दै प्रशंसा गर्नुभयो । साथै वँहाले समाज सेवामा विशेष योगदानसंगै आपसी भातृत्व र समाज रुपान्तरणका लागि लायन्स क्लब अफ भलवारी सिटीले गरेका हरेक काम संझना लायक रहेको बताउनुभएको थियो ।


कार्यक्रममा बोल्दै माउण्ट एभरेस्ट कत्था मिलका संचालक वसन्त रोक्काले भलवारी सिटीले आयोजना गरेको कार्यक्रममा सहयोगी संस्थाको रुपमा काम गर्न पाएकोमा खुसी ब्यक्त गर्दै आगामी दिनमा पनि समाज रुपान्तरणमा क्लबसँग सहकार्य गर्न आफु हरदम तयार रहने बताउनुभयो ।



सो अवसरमा बोल्दै क्लबका अध्यक्ष लायन दुर्गा खाम्चा थापाले कार्यक्रमबाट संकलित रकम आगामी कार्तिकमा आयोजना गरिने बृहत स्वास्थ्य शिबिर संचालनमा खर्च गरिने जानकारी दिनुभयो । २०० भन्दा बढीको सहभागिता रहेको कार्यक्रमलाई सप्पन्न गर्न प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद ज्ञापन गर्दै क्लबले अब स्वास्थ्य सिबिर सहित खाद्यान्न बितरणको कायक्रम गर्ने गरि काम अघि बढाइएको क्लबका सस्थापक अध्यक्ष लायन श्रवन खाम्चाले जानकारी दिनुभयो । कार्यक्रम संयोजक लियो लायन रबिन जोशीले स्वागत मन्तब्य दिनुभएको कार्यक्रमको सन्चालन लियो लायन रितु ज्ञवालीले गर्नुभएको थियो ।


कमेन्ट गर्नुहोस्