लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अमेरिकाको पूर्वी टेक्सासमा डढेलोले जनजीवन प्रभावित

tillotmacitynews - 2023 Sep 04 04:57 PM
IMG

तिलोत्तमा सिटी २०८० भाद्र १८ गते । अमेरिकाको पूर्वी टेक्सासस्थित हन्ट्सभिलेमा तिब्र गतिमा फैलिरहेको डढेलोका कारण जनजीवन प्रभावित भएको छ ।शुक्रवारबाट फैलिएको आगोका कारण सडक अवरुद्ध हुनुका साथै स्थानीयलाई स्थानान्तरण गरिएको छ । अहिलेसम्म जनधनको कुनै क्षति नभएको बताइएको छ । डढेलोले १२ सय एकड क्षेत्रफल जलेको बताइएको छ ।आगोका कारण जंगलका रुखहरु सुकेका छन् भने अन्य जीवजन्तुको धेरै क्षति भएको बताइएको छ । आगो अझै बढ्नसक्ने बताइएको छ । पछिल्लो केही समय यता कम वर्षाका कारण अमेरिकामा डढेलो लागिरहेको छ ।अधिकारीहरुले ३६३ वर्ग किलोमिटर भन्दा बढी जंगलमा डढेलो लाग्न सक्ने बताएका छन् ।


कमेन्ट गर्नुहोस्