लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बाल्टिनको पानीमा डुबेर पाल्पामा बालिकाको मृत्यु

tillotmacitynews - 2023 Sep 01 05:12 PM
IMG

तिलोत्तमा सिटी , २०८० भाद्र १५  गते । बाल्टिनको पानीमा डुबेर पाल्पामा एक जना बालिकाको मृत्यु भएको छ । जिल्लाको पूर्वखोला-२, घर भई हाल बगनासकाली-१, चिलाङ्दीमा डेरा गरी बस्ने अनन्त सारुकी एक वर्षीय छोरीको बाल्टिनको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको हो । घरको बाथरुममा भरी राखेको बाल्टिनको पानीमा डुबेर बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । 


पानीमा डुबेर अशक्त भएकी बालिकाको तानसेनस्थित मिसन अस्पताल पाल्पामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो । 


कमेन्ट गर्नुहोस्