लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा "घरघरमा माओवादी, जनजनमा माओवादी” अभियान तिब्र

IMG

तिलोत्तमा, २०८० भाद्र १२ गते।  नेकपा माओवादी केन्द्रले संचालन गरेको तीन महिने पार्टी रुपान्तरण विशेष अभियानको तयारी रुपन्देहीमा तिब्र रूपमा अगाडी बढाईएको छ। "घरघरमा माओवादी, जनजनमा माओवादी” नारा दिईएको जनतासंग माओवादी विशेष अभियानको तयारीका क्रममा जिल्लाका सबै पालिका र वडाहरूमा तिब्र रुपमा ठुलो जनसहभागिताका साथ् बैठक सन्चालन भैरहेको छ।


अभियान अन्तर्गत यहि भाद्र ९ शनिबार नेकपा (माओवादी केन्द्र ) तिलोत्तमाको बैठक सम्पन्न गरेको छ । बैठकमा अभियानका जिल्ला इञ्चार्ज समेत रहेका पार्टी स्थायी कमिटि सदस्य गणेशमान पुन, केन्द्रीय सदस्य सिर्जना तरामु,प्रदेश अध्यक्ष सुदर्शन बरालको आथित्यता रहेको थियो ।केन्द्रिय कार्यक्रम अन्तरगत हरेको स्थायी कमिटि सदस्यलाई जिल्लामा, केन्द्रिय सदस्यलिई पालिकामा, प्रदेश तथा जिल्ला स्तरिय नेतालाई वडामा र पालिका स्तरिय नेतालाई टोलमा परिचालन गरेको माओवादीले पार्टीका सबै नेताहरूको कार्यक्षेत्र परिवर्तन गरिदिएको छ। 


जसले पार्टीमा बेग्लै संचार पैदा भैरहेको अभियानमा उत्साह जागेको कार्यक्रताहरु बताउछन । साथै यहि क्रममा तिलोत्तमामा वडा बैठकहरु पनि तिब्रताका साथ सप्पन्न भएका छन। जसमा तिलोत्तमा वडा नम्बर १,२,३,४,६,७,१२,१४,१७ को बैठक सम्पन्न गरिसकिएको र अन्य वडाहरुको बैठक छिट्टै सम्पन्न गर्ने गरि तयारी भएको नगरका प्रचार बिभाग प्रमुख अनिल पुरुष (सस्कार)ले जानकारी गराउनुभएको छ।अभियानका क्रममा पार्टीले गरेका राम्रा कामको प्रचार, जनताबाट पार्टीलाई आवश्यक सुझाब संकलन गर्ने र जरैदेखि पार्टीलाई बलियो बनाउने गरि संगठन निर्माण गरिने नगर पार्टीले जनाएको छ ।




कमेन्ट गर्नुहोस्