लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कुलमान घिसिङलाई तत्काल पदबाट निलम्वन गर्नुपर्छः प्रेम सुवाल

tillotmacitynews - 2023 Aug 29 01:52 PM
IMG

तिलोत्तमा सिटी, २०८० भदौ १२ गते  । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई तत्काल पदबाट निलम्वन गर्न सरकारसँग माग गरे ।मंगलवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले विजुली महशुल असुली गर्न नसकेकाले प्राधिकरणका प्रवन्ध निर्देशक घिसिङलाई तत्काल पदबाट निलम्वन गरी कारबाही गर्नुपर्ने माग गरे । त्यसैगरी उनले डेडिकेटेड ट्रंक लाईनबाट बिजुली लिने तर अर्बौं महशुल नतिर्नेहरुसँग मन्त्रीहरुले साँठगाँठ गरिरहेको आरोप लगाउँदै तथ्य बाहिर ल्याउनेगरी छानबिन गर्न पनि सरकारको ध्यानाकर्षण गराए।


सांसद सुवालले राजनीतिक दलहरुले राष्ट्रिय मान्यता प्राप्त गर्न ३ प्रतिशत मत ल्याउनैपर्ने प्रावधानसहितको निर्वाचन सम्बन्धि एकीकृत मस्यौदा लोकतन्त्रको मर्म विपरित रहेकाले मान्य नहुने पनि बताए।

कमेन्ट गर्नुहोस्