लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बलात्कार आराेपमा भक्तपुर र उदयपुरबाट दुई जना पक्राउ

tillotmacitynews - 2023 Aug 29 01:45 PM
IMG

तिलोत्तमा सिटी, २०८० भदौ १२ गते । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं नरेफाट बस्ने ईलाम, ईलाम नगरपालिका-९ घर भएका ५२ वर्षीय सूर्य बहादुर भण्डारीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । भण्डारीले ती किशोरीलाई भक्तपुरकाे सूर्यबिनायक नगरपालिका-९ पलासेस्थित रिसोर्टमा आइतबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 


५८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरकाे कटारी नगरपालिका-१ बेलसोत बस्ने २५ वर्षीय जय बहादुर खपाङ्गी मगरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मगरले ती महिलालाई आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्