लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

ड्रुक एयरले भुटानको पारोबाट पोखरा उडान गर्ने

tillotmacitynews - 2023 Aug 28 02:04 PM
IMG

तिलोत्तमा सिटी , भदौ ११  गते ।  भुटानको ड्रुक एयरले भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्ने भएको छ ।ड्रुकले ९ सेप्टेम्बर (२३ भदौ)का दिन पारोबाट पोखरा उडान गर्न अनुमति पाएको हो । यो चार्टर्ड उडान हुने नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।उनका अुनसार यो जहाज पोखराबाट पारो नै उड्नेछ । यहाँ न्यारोबडी जहाजले उडान गर्नेछ ।


नयाँ विमानस्थलमा उडान सुरु हुन केही समय लाग्ने भएको र अब भने क्रमशः उडानहरु आउने थालेको उनले बताए । पोखरामा ड्रुक एयर आउने सुखदः विषय हो, उनले भने, यसले आगामी दिनमा थप जहाजहरु आउने बाटो खुल्ने छ ।’चार्टर्ड उडानको रिपोर्टका आधारमा ड्रुकले भुटानबाट नियमित उडानको समेत आश्वासन दिएको उनले बताए । ‘पोखरामा अब नियमित उडान हुनेछ भन्ने विश्वास हाम्रो छ ।’अंग्रेजी नयाँ वर्षको दिन पारेर १ जनवरी २०२३ का दिन उद्घाटन भएको यो विमानस्थलमा अहिलेसम्म अन्तर्राष्ट्रिय व्यवसायिक एउटा चार्टर्ड उडान मात्र भएको छ ।अन्य उडान भने आन्तरिक मात्र भइरहेका छन् । अर्को नयाँ विमानस्थल भैरहवाबाट भने नेपाल एयरलाइन्सले तीन गन्तब्यमा उडान थालेको छ ।

कमेन्ट गर्नुहोस्