लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनीमा माओवादी केन्द्रको पुर्ण बैठक, फेरीए जिल्ला इञ्चार्ज, को कहाँ ?

IMG

साउन ३२ गते २०८०,तिलोत्तमा।भदौ १६ गतेदेखी तीन महिने 'विशेष अभियान' शुरु गर्ने गरी कार्यायोजना तय गरेको नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको प्रदेश समिति वैठकले जिल्ला इन्चार्जको कार्यविभाजन गरेको छ। लुम्बिनी प्रदेशको राजधानी देउखुरीमा बसेको बैठकले समसामयीय प्रस्तावहरु पारित सहित अभियानको जिम्मेवारी बाडफाड गरेको पार्टी अध्यक्ष सुदर्शन बरालले जानकारी दिए । 

  

तीन महिने अभियान केन्द्रीत कार्यविभाजन अनुसार स्थायी समिति सदस्य पुर्ण बहादुर घर्तीलाई अभियानको रोल्पाको इन्चार्ज तोकिएको छ । त्यसैगरी  रुकुममा कमला रोका,  रुपन्देहीमा गणेशमान पुन, पाल्पामा कृष्ण ध्वज खड्का, नवलपरासीमा हकिकुल्लाह खां, अर्घाखाचीमा वामदेव क्षेत्री, दाङमा जयपुरी घर्ती, कपिलवस्तुमा महेश्वर गहतराज, बांकेमा कुल प्रसाद केसी, बर्दियामा पुर्णा सुवेदी र गुल्मीमा जोख बहादुर महरा खटिनु भएको छ । प्युठानको कमान्ड कार्यालयले हेर्ने पार्टी अध्यक्ष बरालले जनाएका छन् ।तीन महिने अभियानको लागि जिल्ला इन्चार्जहरुको पनि जिल्ला परिवर्तन गरी जिम्मेवारी तोकिएको र केन्द्रिय सदस्यहरुको अन्तर जिल्ला र प्रदेश समिति सदस्यहरुको अन्तरपालिका जिम्मेवारी तोएिको प्रदेश सचिव कृष्ण कुमार अधिकारीले जानकारी दिए ।


तीन महिनाको अभियानको मुख्य लक्ष्य लुम्बिनी प्रदेशमा पार्टी सदस्यता वृद्धि गर्ने र हरेक वडामा न्युनतम तीन ओटासम्म टोल समिति निमार्ण गर्ने रहेको छ । हरेक वडामा महिला, विद्यार्थी, किसान, युवा, दलित तथा त्यहाको विशेषताको जनसंगठन तथा मोर्चाको वडा समिति निर्माण गरिने पार्टीले जनाएको छ ।जनसंगठन र मोर्चा संगठनहरुले हरेक वडाहरुमा न्युनतम ५०/५० नयाँ साधारण सदस्य तयार गर्ने निर्णय पार्टीले गरेको छ। बैठकमा नवनियुक्त प्रदेश इन्चार्ज हितमान शाक्यले जिम्मेवारी पुरा गर्ने गरी खट्न अभियानका जिल्ला इन्चार्ज तथा प्रदेश समिति सदस्यहरुलाइ निर्देशन दिए ।


कमेन्ट गर्नुहोस्