
तिलोत्तमा सिटी । साउन ३२ गते । रोट्रयाक्ट क्लब अफ भैरहवा चौतारीको दोश्रो पदस्थापन कार्यक्रम एवं तेश्रो स्थापना दिवस सम्पन्न भएको छ । पद हस्तान्तरण कार्यक्रममा वर्ष २०२२÷२३ का अध्यक्ष निखिल ध्वज खत्रीले वर्ष २०२३ ÷ २४ का अध्यक्ष शंकर बस्याललाई पद हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा बोल्दै वर्ष २०२२ ÷ २३ का अध्यक्ष खत्रीले वर्षभरि क्लवले गरेका काम कार्वाहीको समिक्षा गर्दै समाज परिवर्तनमा अहोरात्र खटने सम्पूर्ण रोट्रयाक्टप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का डीआरआर इलेक्ट बिक्रम क्षेत्रीले रोट्रयाक्ट क्लबहरुले सामाजिक क्षेत्रमा खेलेको भूमिका निकै महत्वपूर्ण रहेको बताउनुभयो । सोहि कार्यक्रममा बोल्दै विशिष्ट अतिथी रोट्रयाक्ट सुरज छेत्रीले रोट्रयाक्टहरु स्पष्ट लक्ष्य पछ्याउदै अडिग भै समाज परिर्वतनको दिशामा अगाडी बढनुपर्ने बताउनुभएको थियो । ब्रिजेश बाँनियाको स्वागत, तथा निर्विक ढुंगानाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको क्लबका सचिव अंकित कांदुले जानकारी दिनुभएको छ ।
कमेन्ट गर्नुहोस्